पोखरामा दुइसातादेखि बेपत्ता  ‘बागलुङकी बेलीमाया’

पाेखरा | जेठ ६, २०८२

पोखरामा दुइसातादेखि बेपत्ता  ‘बागलुङकी बेलीमाया’

पोखरा: बागलुङको काठेखोला गाउँपालिका ४ तङग्राम भई पोखरा–२७ बस्दै आएकी ३८ वर्षीय बेलीमाया थापा पुन दुईसातादेखि बेपत्ता भएकी छिन् ।

 
करिव ८ वर्षदेखि पोखरा–२७ वनकुना चोकमा बस्दै आएकी बेलीमाया गत बैशाख २२ गतेदेखि परिवारको सम्पर्कमा नआएको उनका देवर रन पुनले जानकारी दिए । 


‘२२ गते दिउँसो घरबाट निस्कनुभएका उहाँ साँझसम्म पनि घरमा आउनु भएन । साँझसम्म पनि घर नआएपछि हामीले खोजी कार्य ग¥यौं’, पुनले भने, ‘रातभर नै खोजीकार्य गर्दा पनि फेला पार्न सकिएन नजिकको पसलमा रहेको सिसी क्यामेराको सहयोगमा खोजी ग¥यौं, केहीसमयपछि मझेरीपाटनमा गएको सूचनापछि खोजी कार्य गर्दा पनि कुनै खबर पाउन सकेनौं ।’


मझेरीपाटनका स्थानीयहरुले बेलीमायाको हुलिया अनुसारको महिला देखिएपनि एकिन जानकारी नभएको  एक आफन्तले सुनाए ।


‘बेलीमायाको हुलिया अनुसार २२ गते मझेरीपाटन झरेको बुझिएको छ, त्यहाँका केही स्थानीयहरुलाई बुझ्दा हामीले बताएको हुलिया अनुसार उहाँ नै होकी भन्ने आशंका अनुसार खोजी ग¥यौं, ती आफन्तले भने, ‘प्रहरीको सहयोगमा त्यहाँ वरिपरि र सेती नदीमा खोजी कार्य ग¥यौै तर १५ दिन बितिसक्दा पनि केही क्लु पत्ता लगाउन सकेनौं ।’


बेलीमायाका देवर रन पुनले हराएको मितिदेखि खोजी कार्य गर्दा पनि फेला नसकेको बताए । उनले ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवदेन दिएको बताए । 


बेलीमायाका श्रीमान हर्क पुनले खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएपनि प्रहरी प्रशासनबाट आवश्यक सहयोग नपाएको गुनासो गरे ।


‘जेठ २२ गते दिउँसो खाना खाएर म काममा निस्किए, सधै घरमा बस्ने उनी म काममा निस्किएपनछ निस्किएकी रैछिन्, पुनले भने, ‘साँझ घर आउँदा देखिन खोजी कार्य गरियो, २३ गते ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवेदन दियौ तर प्रहरी प्रशासनबाट आवश्यक सहयोग पाउन सकेनौं ।’


ईलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी हरिप्रसाद सलामीले बेलीमाया थापा पुन हराएको निवेदनपछि खोजी जारी  राखेको बताए । 


‘बेलीमाया हराएपछि परिवारले खोजी कार्यका लागि निवेदन दिनुभएको छ, हराउने व्यक्तिको हुलिया र फोटो जिल्लामा पठाएका छौं, हामीले गर्ने अनुसन्धान जारी नै छ’, प्रहरी निरीक्षक सलामीले भने, ‘परिवारले शंका गरेका स्थानमा खोजी कार्य ग¥यौ तर केही पत्ता लगाउन सकेनौं, खोजी कार्य जारी नै छ ।’

पोखरा:   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे ।  महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी ...

थप पढ्नुहोस्

पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ ।   कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएक...

थप पढ्नुहोस्

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्